सीमा अतिक्रमणविरुद्ध प्रदर्शन

107

नेपालगन्ज, वैशाख ३०–
भारतले सीमा अतिक्रमण गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले मंगलबार नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा विदेशी हस्ताक्षेप बन्द गर, हाम्रो भूमि फिर्ता गर, लिपुलेक हाम्रै हो, नालापानी हाम्रो हो, ओली सरकार मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, ओली सरकार राजीनामा दे लगायतका नारा लगाइएको थियो ।
लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि भएकाले त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकमा बनाएको बाटोप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिएको हो । राप्रपाले प्रधानमन्त्री केपी ओलीले लिपुलेखबारे कुनै ठोस कदम नचालेको भन्दै राजीनामा माग गरेको छ ।

Womui
Womui