आइएनएफले उपलब्ध गरायो एक सय घरधुरीलाई राहत प्याकेज

146
राहत प्याकेज वितरण गर्दै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडाअध्यक्ष चन्द्रबहादुर ओलीलगायत ।

तारा वली
बाँके (राप्तीसोनारी), वैशाख ३०–

जिल्लास्थित गैरसरकारी संस्था आइएनएफ बाँकेले राहत प्याकेज उपलब्ध गराएको छ । आइएनएफ बाँकेले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का लकडाउन प्रभावित एक सय घरधुरीलाई उक्त राहत प्याकेज उपलब्ध गराएको हो ।

प्रति घरधुरीलाई १२ केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ थान साबुन उपलब्ध गराएको वडाअध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिए । उपलब्ध राहत प्याकेज गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको सहकार्यमा मंगलबार १० घरधुरीलाई वितरण गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए । वडाध्यक्ष ओलीका अनुसार आइएनएफ बाँकेले उपलब्ध गराएको राहत प्याकेज वडास्थित गरिब, अति विपन्न र दैनिक ज्याला मजदुरी गरेर खाने वर्गको आवश्यकता अनुसार क्रमशः वितरण गरिने बताए ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गैरसरकारी संस्थाले एकद्वार प्रणालीलाई अवलम्बन गर्दै लकडाउन प्रभावित जनतालाई राहत प्याकेज उपलब्ध गराएकोमा धन्यवाद दिँदै सबै मनकारी सहयोगीदातालाई एकद्वार प्रणालीबाटै सहयोग गर्न आह्वान गरिन् ।

Womui
Womui