भारतबाट गाउँ पसेका ९ जना क्वारेन्टाइनमा

285
वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माबिमा रहेको क्वारेन्टाइन ।

बाँके (राप्तीसोनारी), वैशाख ३०–
भारतको विभिन्न सहरबाट लुकिछिपी गाउँपसेका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार भारतस्थित मुम्बई, पञ्जाब र हरियाणालगायतका ठाउँबाट गाउँपसेका व्यक्तिलाई राप्तीसोनारी वडानम्बर ७ स्थित नेपाल राष्ट्रिय माबिको क्वारेन्टाइनमा राखिएको हो ।

वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुका अनुसार उनीहरु लुकिछिपी गाउँ पसेका हुन् । गाउँपसेको थाहा पाएलगत्तै उनीहरुलाई क्वारेन्टाइनमा निगरानीमा राखिएको वडाध्यक्ष थारुले बताए । राप्तीसोनारी वडा नम्बर ७ पिप्रहवाका ४ जना, गेधवाका १ जना, देउपुराका १ जना, उच्च झगडियाका २ र लालपुरका १ जनालाई स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राखिएको हो । यस अघि राप्तीसोनारी गाउँपालिकामा रहेका ५ वटा क्वारेन्टाइन खाली भएका थिए ।  गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २६  जनाको स्वास्थ्य रिर्पोट नेगेटिभ आएसँगै घर फिर्ता भएपछि उक्त क्वारेन्टाइन खाली भएका हुन् ।

राप्तीसोनारीको श्रीनेरा मावि राप्तीसोनारी ७ स्थित क्वारेन्टानबाट ९ जना, वडा नम्बर ८ समशेरगन्जस्थित शिवशक्ति माविका २ जना र वडा नम्बर ३ स्थित सामुदायिक आश्रय भवनको क्वारेन्टाइनमा बसेका १५ जनालाई घर पठाइएको थियो ।

Womui
Womui