नाकामा कडाइ भित्र खुकुलो

292

नेपालगन्ज, वैशाख ३०–

कर्णाली प्रदेश सरकारले अत्यावश्यक वस्तुको निकासीबाहेक सीमानाकामा कडाइ गरेको छ भने प्रदेशभित्र केही खुकुलो गर्दै कृषिजन्य र विकास निर्माणका लागि आवश्यक उपकरण ढुवानी गर्न दिने भएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको बैठकले नाकामा कडाइ गर्दै प्रदेशभित्र भौतिक दूरी कायम गरी केही क्रियाकलाप गर्न दिने निर्णय सोमबार राति गरेको हो ।

समितिले किसानले कृषि र पशुपालनका लागि आवश्यक सामग्रीहरु ओसारपसार गर्न र स्थानीय तहको समन्वयमा भौतिक दुरी कायम गरी खेतीपाती गर्न पाउने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह र प्रदेशका कर्मचारीहरुलाई प्रदेशभित्र आउजाउ गर्न दिने, महत्वपूर्ण र रोजगारमूलक विकास निर्माण उपकरण ढुवानी र ओसारपसार गर्न पाइने, विकास परियोजनाको काम गर्ने जनशक्ति आवतजावत् गर्न दिइने, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री आयात गर्न पाइने निर्णय गरेको छ ।

त्यस्तै तत्काल बाहिरबाट आएर प्रदेशको नाकामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाएर अनिवार्य क्वारेन्टाइनमा राख्ने र त्यसका लागि पालिकामा क्वारेन्टाइन निर्माण गर्ने निर्णयसमेत समितिले गरेको छ ।

Womui
Womui