ज्येष्ठ नागरिकले पाए घरमै सामाजिक सुरक्षा भत्ता

101
सामाजिक सुरक्षा भत्ता एवम् प्रोत्साहन भत्ता वितरण गरिँदै ।

बाँके(राप्तीसोनारी), वैशाख ३०–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरले वडाका स्थानीयलाई घरघरमै पुगेर दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता सोमबारदेखि वितरण सुरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउनले गर्दा भत्ता नपाउने चिन्तामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दलित, बालबालिकाहरुलाई वडा कार्यालयले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता र प्रोत्साहन भत्ता वितरण गरिएको वडा अध्यक्ष जनक बहादुर थारुले बताए । उनका अनुसार जनप्रतिनिधि कर्मचारी र वडासचिवलाई परिचालन गरी सामाजिक सुरक्षा वितरणको व्यवस्था मिलाइएको छ । ६ वडा भित्रका स्थानीयको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउँदै वडा अध्क्षय थारुले हालको अवस्थामा बैंकबाट भत्ता दिँदा भिडभाड हुने, लकडाउनको उल्लंघन भएको देखिने भएकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको उनले बताए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देश डेढ महिना यता लकडाउनमा छ । कतिपय ज्येष्ठ नागरिकहरु सामाजिक सुरक्षाभत्ताबाटै जीविकोपार्जन गर्दै आएका छन् ।

Womui
Womui