कृषकलाई निःशुल्क विषादी वितरण

115
कृषकलाई दिइएको विषादी ।

बाँके (राप्तीसोनारी), वैशाख ३०–

कृषकलाई १०० प्रतिशत अनुदानमा रोग किरा नियन्त्रणका लागि बिषादी वितरण गरिएको छ । राप्तीसोनारी गाउँपालिकाले वडा नंं. ८ का कृषकलाई उक्त विषादी वितरण गरेको हो ।

कृषितर्फको आकस्मिक कोष कार्यक्रम अन्तर्गत वडाका कृषकलाई रोगकिरा नियन्त्रणका लागि बिषादी वितरण गरिरहेको वडा अध्क्षय खुमबहादुर बस्नेतले जानकारी दिए । देशमा जारी लामो लकडाउनले सम्पूर्ण नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला गाउँपालिकाले अनुदानमा वितरण गरेको रोगकिरा नियन्त्रणका लागि बिषादीले राहतको अनुभूति भएको कृषकले बताएका छन् । मंगलबार ८० जना कृषकलाई रोगकिरा नियन्त्रणका लागि बिषादी वितरण गरिएको वडा कार्यालय जनाएको छ ।

Womui
Womui