१३ नयाँ कोरोना संक्रमित थपिए, नेपालमा १३४ पुगे

41

काठमाडौं, वैशाख २९-

नेपालमा थप १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ भने सोमबारमात्रै २४ जना नयाँ संक्रमित भेटिएका हुन्।
संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन्। त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक नगरपालिका -६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर-५ की ११ वर्षीय बालिका छिन्।

Womui
Womui