विदेशमा अप्ठ्यारोमा परेकालाई उद्धार गर्न माग, संसद्मा दर्ता भयो सार्वजनिक महत्वको प्रस्ताव

85

छिनछिन खबर
काठमाडौं–विदेशमा जोखिममा रहेकालाई सुरक्षित रुपमा स्वदेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेसका सांसद गगन थापाले दर्ता गरेको प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् ।

आममाफी पाएका, रोजगारी गुमाएका र उच्च जोमिखमा रहेकालाई तत्काल र कम जोखिममा रहेकाहरुलाई चरणवद्ध रुपमा उद्धार गर्नुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ । जोखिममा भएका र लकडाउनका कारण रोजगारी स्थगित भएकाहरुलाई गन्तव्य मुलुकमै व्यवस्थापन गर्ने प्रस्ताव छ ।
यसका साथै अध्ययन, भ्रमण र भेटघाटका लागि गएर जोखिममा परेकालाई आफ्नै खर्चमा फर्किन चाहेनहरुलाई पनि सुरक्षा र स्वास्थ्य मापदण्ड पुरा गरेर ल्याउने वातावरण बनाउनुपर्ने संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

Womui
Womui