कपिलवस्तुमा थप १० संक्रमित , नेपालमा १२० पुग्यो

65
Blood sample with respiratory coronavirus positive

कपिलवस्तु, वैशाख २९–

कपिलवस्तु– कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १० पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमित १८ देखि ३४ वर्ष उमेर समूहको रहेको विज्ञप्तिमा उल्लेख छ। यससँगै नेपालमा कोरोना संक्रमितका संख्या एक सय २० पुगेको छ भने कपिलवस्तुमा संक्रमितको संख्या १५ पुगेको छ।

Womui
Womui