राप्तीसोनारी–१ ले सुरु गर्‌यो तेस्रो चरणको राहत वितरण

38

समराथ मगर
बाँके (राप्तीसोनारी), वैशाख २८–

राप्तीसोनारी गाउँपालिका वडा नं.१ मा तेस्रो चरणको राहत वितरण आइतबारदेखि सुरु भएको छ । वडामा रहेका दैनिक ज्याला मजदुरी, अतिविपन्न र असाहय १५ घरपरिवारलाई तेस्रो चरणको राहत वितरण गरेको छ । लकडाउनका कारण घरमै बस्न बाध्य भएका अतिविपन्न ज्याला मजदुरीलाई लक्षित गरी राहत वितरण गरिएको वडा अध्यक्ष चन्द्र बहादुर वलीले बताए ।

मजदुरी गर्न नपाउँदा बिहान बेलुकाको छाक टार्नसमेत समस्या खेप्दै आएका मजदुरहरुलाई राहत वितरण गरेका हौं’, वडा अध्यक्ष वलीले भने । लकडाउनबाट प्रभावित वडा नं. १ मा यस अघि दैनिक ज्याला मजदुरी, अतिविपन्न र असाहय १ हजार ५५ घरपरिवारलार्ई पहिलो र दोस्रो चरणको राहत सामग्री वितरण गरेको वडाअध्यक्ष वलीले जानकारी दिए । राहत वितरण गर्दा सामाजिक दूरीलाई विशेष ख्याल गरिएको उनले बताए । राहत वितरणमा जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी, रेडक्रसका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ ।

Womui
Womui