पत्रकार पौडेल थरुहटका कार्यकर्ताबाट कुटिए

249

छिनछिन खबर
नेपालगन्ज, भदौ १६
समाचारको विषयलाई लिएर थरहट संयुक्त संघर्ष समितिका कार्यकर्ताले पत्रकार बिनोद पौडेललाई कोहलपुरमा कुटपिट गरेका छन् । बुधबार अपरान्ह कार्यालयमै पुगेर उनलाई कुटपिट गरेका हुन् । थरुहटमा आवद्ध एकिकृत माओबादीका नेता समेत रहेका कृष्ण चौधरीको नेतृत्वमा पुगेका आन्दोलनकारीले कुटपिट गरेका थिए ।
कार्यालयभित्र बसेको समयमा झण्डै ५० जनाको समूह आएका आन्दोलनकारीले आफुलाई बाहिर बोलाएर कुटपिट गरेको पीडित पौडेलले सुनाए । पत्रकार पौडेलमाथि भएको कुटपिटको घटनालाई थरुहटले भने सामान्य विवाद भनेको छ । घटनाको पत्रकारका विभिन्न संगठनले भत्सर्ना गरेका छन् ।

Womui
Womui