जेष्ठ नागरिकको पक्षमा अदालतको अन्तरिम आदेश

94

छिनछिन खबर

नेपालगन्ज, भदौ १६
पुनरावेदन अदालत नेपालगन्जले जेष्ठ नागरिकको अधिकार संरक्षण तथा सुनिश्चित गर्न विपक्षीका विरुद्ध अन्तरिम आदेश जारी गरेको छ । ज्येष्ठ नागरिक रामसोहरत तिवारी र मुन्नीदेवी बनेनीले विभिन्न माग राख्दै मंगलबार पुनरावेदन अदालत नेपालगन्जमा रिट दायर गरेका थिए । विपक्षीका नाउँमा परमादेशको आदेश माग्दै दायर गरिएको रिटको सुनुवाई गर्दै न्यायाधिस यज्ञप्रसाद बस्यालको एकल ईजलासले बुधबार अन्तरिम आदेश जारी गरेको हो ।DSC01150 निवेदकले प्रत्येक सार्वजनिक सवारी साधनमा २ वटा सिट अनिवार्य रुपमा जेष्ठ नागरिक लागी लेखेरै छुटयाउनुपर्ने र सो सिटमा यात्रा गर्ने जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडादरमा अनिवार्य छुट दिनुपर्ने, सबै ज्येष्ठ नागरिकको संविधान तथा कानून प्रदत्त सम्मानपूर्वक बाँच्न र सुरक्षित हुन पाउने हक सुनिश्चित गर्नुपर्ने, सम्पति सम्वन्धी अधिकार संरक्षण र प्रचलन गराउनुपर्ने लगायत माग राखेका छन् । निवेदकका तर्फबाट अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, केवलसिंह थारु, बलबहादुर चन्द, बिश्वजित तिवारी र प्रभाकर भट्टराईले बहस गरे । निवेदकले बाँके र बर्दियाका जिल्ला प्रशासन, प्रहरी कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवस्था कार्यालय भेरी लगायत सरकारी निकायलाई विपक्षी बनाइएको छ ।

Womui
Womui