मर्म नबुझेको भन्दै कैलालीमा महिलाद्वारा थाल बजाउँदै प्रदर्शन

35
छिनछिन खबर
कैलाली, भदौ १६
जिल्लास्थित हसुलियामा  बुधबार थरुहट/थारुवान पक्षधर महिलाले थाल बजाउँदै प्रदर्शन गरेका छन्। सरकारले थरुहट आन्दोलनको मर्म नबुझेको भन्दै उनीहरुले थाल बजाउँदै प्रदर्शन गरेका हुन। राज्यले थरुहट/थारुवान आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा उल्टै दबाउन खोजेको भन्दै खबरदारी गर्नका लागि थाल बजाउँदै प्रदर्शन गरेको आन्दोलनकारीहरुको भनाइ छ । ‘बहिरो सरकार कान खोल, प्रहरी दमन बन्द गर, सेना परिचालन फिर्ता गर, थरुहट/थारुवान छाड्दैनौ’ लगायतका नारा लगाउँदै प्रदर्शनकारीहरुले हसुलिया बजार परिक्रमा गरेका थिए।  हसुलिया, पवेरा, रतनपुर, बसौटी, उदासीपुर, गदरियालगायतका गाविसबाट ठूलो संख्यामा सहभागी आन्दोलनकारीले हसुलियामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पमा केही समय धर्नासमेत दिए ।
जिल्लाको मसुरिया र सुखडमा पनि थरुहट/थारुवान पक्षधरले प्रदर्शन गरेका थिए। भदौं सात गते टीकापुरमा भएको हिंसात्मक झडपपछि टीकापुर, धनगढीमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाका कारण सहरमा प्रदर्शन गर्न नसके पनि थरुहट पक्षधरको प्रदर्शन ग्रामीण क्षेत्रमा हुँदै आएको छ।
Womui
Womui