१९२ थान रक्तचन्दनको मालासहित तीन पक्राउ

47
छिनछिन खबर
काठमाडौं, भदौ १६
रक्तचन्दनको मालासहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले ३ जनालाई धापासीबाट १९२ थान मालासहित पक्राउ गरेको हो । बरामद गरेको माला १७ किलोको रहेको सिआइबीले जानकारी दियो ।
 टोखाका निरोज थापामगर, काठमाडौं ३ का प्रवेश गुरुङ र ओखलढुंगाका उद्दव राईलाई पक्राउ गरिएको एसपी किरण बज्राचार्यले जानकारी दिईन ।  उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।
Womui
Womui