क्षेत्रीय खेलकुदका नवनियुक्त उपाध्यक्ष थापाले यसरी गरे पदभार ग्रहण–(फोटो सहित)

75

छिनछिन खबर
नेपालगन्ज, भदौ १६
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका नवनियुक्त उपाध्यक्ष नरेन्द्र थापाले बुधबार पदभार ग्रहण गरेका छन् । उपाध्यक्ष थापा सहित नेपालगन्ज निवासी क्षेत्रीय कार्यसमिति सदस्य अनिलप्रसाद श्रेष्ठले पनि पदभार ग्रहण गरे । दुवैलाई क्षेत्रीय अध्यक्ष भीम ओली र खेलकुदका कर्मचारी तथा प्रशिक्षकले अविर र खादा ओढाएर स्वागत गरे ।1 बन्दले उपस्थित हुन नसकेपछि क्षेत्रीय सदस्यद्धय श्याम श्रेष्ठ र टोपेन्द्र केसीले पदभार ग्रहण गर्न पाएनन् । श्रेष्ठ जुम्ला र केसी सल्यान निवासी हुन् । राष्ट्रिय खेलकुद परिषदले नेपालगन्ज घरवारी टोल निवासी सुटिङका अन्र्तराष्ट्रिय खेलाडी थापालाई उपाध्यक्ष र अन्य तीन जनालाई सदस्यमा मनोनित गरेको थियो । प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष समेत रहेका थापा लामो समयदेखि पत्रकारिता पेशामा समेत सक्रियाशिल छन् ।2पदभार ग्रहण गरिसकेपछि मन्तव्य दिदै उपाध्यक्ष थापाले खेलकुद क्षेत्रलाई राम्ररी बुझेका कारण आफ्नो कार्यकालमा समग्र खेलकुदको विकासमा लाग्ने प्रतिवद्धता जनाए । यसअघि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षमा नियुक्त भएका बाँके निवासी भीम ओली लगायतले साउन २२ गते पदभार ग्रहण गरेका थिए । क्षेत्रीय खेलकुदको कोषाध्यक्षमा मेनका पछाई, सदस्य रिता कोईराला लगायत पदाधिकारी नियुक्त भएका थिए । उनीहरु सबै चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । नवनियुक्त उपाध्यक्ष र सदस्यको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय अध्यक्ष भीम ओलीले मध्यपश्चिमको खेलकुदलाई नयाँ ढंगले लैजाने दोहो¥याए । खेदकुदमा राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था आफ्नै कार्यकालबाट सुरु हुने उनको भनाई छ ।34

Womui
Womui