प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

40

चितवन, वैशाख २७–

चितवन नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । ३५ वर्षीय धनबहादुर घलान, २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा र २२ वर्षीय सञ्चराम घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयले चौकीडाँडामा आक्रमण गरेका थिए ।आक्रमणमा परी प्रहरी सहायक निरीक्षक (असई) प्रेमपुकार चौधरी तथा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये जर्घा र बराइलीको अवस्था खतरामुक्त र अन्य दुईको अवस्था मध्यम रहेको छ। आक्रमणपछि प्रतिकारस्वरुप एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । त्यस्तै स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय, भण्डाराको बा१झ ७४६५ र रत्ननगर नगरपालिकाको बा१२च २७१ नम्बरको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Womui
Womui