कोरोना महामारीका बाबजुद भारतीय ज्यादतिविरुद्ध देशभर प्रदर्शन

233

कोहलपुर, बैशाख २७-

भारतले नेपालको सिमा मिचेर लिपुलेकमा सडक निर्माण गरेको बिरोधमा देशभर प्रदर्शन भएका छन । यसैक्रममा बाँकेको कोहलपुरमा पनि विरोध प्रदर्शन भएको छ । कोहलपुरका युवा व्यापारीहरुको एउटा समूहले प्रदर्शन गरेको हो । कोहलपुरको न्यूरोडदेखी सुरु भएको विरोध र्‍यालि चौराहा पुगेर सम्पन्न भएको थियो । कोण सभामा बोल्दै व्यापारि लक्ष्मणराज पौडेलले भारतले नेपाली भूमी अतिक्रमण गर्न नपाईने भन्दै भारतका विरुद्ध सबै नेपाली एक हुनु पर्ने बताए । साथै नेपाली भूमिको रक्षा गर्न नेपाली तयार रहेको बताए । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको बेला सामाजिक दुरि कायम गरि विरोध र्‍याली निकालिएको थियो ।

Womui
Womui