आइतबारदेखि बैंक र वित्तीय संस्थाका सबै शाखा खुल्ने

32

काठमाडौं, वैशाख २७–
नेपालमा चैत ११ देखि सरकारद्वारा जारी लकडाउनलाई केही खुकुलो बनाएपछि आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको निर्देशनमा एक तिहाइ कर्मचारीले मात्र सेवा दिनेगरी शाखा खोल्न पाउन निर्देशन जारी गरेकोसँगै बैंक वित्तीय संस्था खुल्ने भएका हुन् ।

‘बैंक तथा वित्तीय संस्थामा रहेका सवारी साधनमध्ये २५ प्रतिशतले मात्र पास पाउनेछन् । यसका लागि बैंकको प्रधान कार्यालयले सवारी नम्बर,सवारी उपभोग गर्नेको नाम तथा समय र स्थान तोकी पत्र कर्मचारीलाई दिनुपर्ने छ। साथै बैंकिङ सेवामा विद्युतीय कारोबारलाई प्रोत्साहन दिनुपर्ने छ भने बैंकिङ कार्यालय सञ्चालनको लागि आवश्यक मास्क, सेनिटाइजर तथा सुरक्षाको प्रवन्ध बैंकले गर्नु पर्नेछ।

Womui
Womui