टीकापुर घटनाका दोषीलाई कारबाही गरी छाड्छौः नेपाल

37
छिनछिन खबर
टीकापुर, भदौ १६
टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाही गरेरै छाड्ने सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालले बताएका छन् । टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक बलराम विष्ट र प्रहरी हबल्दार जनक नेगीको घरमा पुगेका क्षेत्रीय प्रहरी प्रमुख नेपालले मृतकका परिवारलाई हत्यामा संलग्न जो कोही भए पनि कारबाही हुने आश्वासन दिए।  ‘प्रहरी परिवारकै कर्मठ योद्धा हामीले गुमाउँदा दुःखित भएका छौँ, उनले भने, विचलित नभई शान्ति सुरक्षा प्रत्याभूत गराउनुका साथै टीकापुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।’   थरुहट थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामा परी प्रहरी निरीक्षक विष्टको भदौ ७ गते हत्या गरिएको थियो भने घटनामा घाइते भएका प्रहरी हबल्दार नेगीको उपचारको क्रममा भदौ ८ गते मृत्यु भएको थियो ।

उच्चस्तरीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दोषी पत्ता लगाई कारबाहीका लागि कडा कदम चलाउन आफू पछि नहट्ने प्रहरी नायब महानिरीक्षक नेपालले बताए। उनले मृतक परिवारका बालबालिकाको संरक्षण तथा अध्ययनका लागि पहल गरिने बताए।
Womui
Womui