थप ६ जनामा कोरोना भाइरस, बाँकेमा संक्रमित संख्या १६ पुग्यो

55

छिनछिन खबर
नेपालगन्ज, वैशाख २१

नेपालगन्जमा थप ६ जनामा कोरोना भाइरसले संक्रमण गरेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

बाँकेमा एकै दिन ९ जना संक्रमित, वीरगन्जमा १, संक्रमित संख्या ६९ पुग्यो

यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । यससँगै नेपालगन्जमा १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । तीन दिन दिनअघि नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती व्यक्तिको सम्पर्कको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Womui
Womui