बाँकेमा एकै दिन ९ जना संक्रमित, वीरगन्जमा १, संक्रमित संख्या ६९ पुग्यो

55

छिनछिन खबर
काठमाडौं, वैशाख २१

Blood sample with respiratory coronavirus positive

बाँकेमा एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने वीरगन्जमा पनि एकजना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले कोेरोना संक्रमण पुष्टि भएको बताए ।

नेपालगन्जमा सोमबार भेटिएका संक्रमितमा ५ पुरुष र ४ जना महिला रहेका छन्। संक्रमितको उमेर ७ देखि ५८ वर्षको छ । नेपालगन्जमा आइतबार ९० जनाको नमूना संकलन गरिएको थियो । त्यसमा ३० जनाको रिपोर्ट आएकोमा ९ जनामा कोरोना देखिएको हो । अझै ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । नेपालगन्जका पहिलो संक्रमित ६० वर्षीय पुरुषबाट संक्रमण फैलिएको आंशका गरिएको छ । ६९ जना कोरोना संक्रमितमध्ये १६ जना निको भइ घर फर्किसकेका छन्।

Womui
Womui