दलित एकता संजालले गर्‌यो चामल वितरण

108

छिनछिन खबर
नरैनापुर, वैशाख २१-

दलित एकता संजालले बाँकेको नरैनापुरमा राहत वितरण गरेको छ । लकडाउनका कारण प्रभावित विपन्न, गरिब र दलित बस्तीका ५० घरपरिवारलाई संजालले खाद्यान्न वितरण गरेको हो । 
मिशन आम्बेडकर नेपाल तथा दलित एकता संजाल नरैनापुरका अध्यक्ष नरेशकुमार चमारको नेतृत्वमा खाद्यान्न वितरण गरिएको छ । चामल, दाल, नुन र तेललगायतको खाद्यान्न साम्रगी वितरण गरिएको अध्यक्ष चमारले जानकारी दिए ।
पहिलो चरणमा २ सय किलो चामल वितरण गरिएको छ । आगामी दिनमा पनि अन्य क्षेत्रमा सहयोग गर्ने तयारी रहेको अध्यक्ष चमारले बताए ।

Womui
Womui