भारतमा फेरि थपियो लकडाउन

86

एजेन्सी
काठमाडौं, वैशाख १९–

भारतमा लकडाउन थपिएको छ । यसअघि वैशाख २१ गतेसम्म रहेको लकडाउन अवधि थपेर जेठ ४ गतेसम्म पुर्‌याइएको एबीपी न्युजले जनाएको छ । भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको थियो । लकडाउनका लम्ब्याए पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

शुक्रबारसम्म ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ। अबको लकडाउनको अवधिमा विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याइनेछ। ग्रीन जोनमा परेका ठाउँमा क्रमिक रुपमा लकडाउनलाई खुकुलो बनाइँदै लगिनेछ एबीपी न्युजले जनाएको छ ।

Womui
Womui