जबरजस्ती करणी गर्न खोज्ने जेठाजू र सघाउने श्रीमान पक्राउ

96

कैलाली, वैशाख २०–

जबरजस्ती करणी गर्न खोज्ने जेठाजू र उनलाई सघाउने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकाकी १६ वर्षीया श्रीमतीलाई जबरजस्ती करणी गर्न सघाएको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजूविरूद्ध परेको उजुरीका उनी पहिले पनि जिस्काउने र संवेदनशील अंग छुन खोज्थे । जेठाजूको मनोबल बढ्दै गएपछि वैशाख १५ गते साँझ खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मार्न जाऊ भनि घरबाट पठाइ राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित र माइती पक्षले प्रहरीमा उजुरी दिएका पछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो।

उजुरीमा ती पीडितले घटना कसैलाई बताए आफूलाई मारिदिने धम्की दिएको उल्लेख उल्लेख गर्दै ‘अर्को दिन फेरि श्रीमान र जेठाजू मिली कुटपिट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट जबरजस्ती करणी गराउन सहयोग गरेको हुँदा कारबाही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Womui
Womui