कोरोना भेटिएपछि नेपालगन्जका चार स्थान सिल

332

छिनछिनखबर
नेपालगन्ज, वैशाख १९–

नेपालगन्जका चार क्षेत्र सिल गराउँदै सुरक्षाकर्मी ।

बाँकेमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जका चार स्थानलाई सिल गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार डिएसपी रोड, महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको हो ।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनीलगायत करिब ५ सय जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो भने त्यहाँ बस्न नमानेर भागेकामध्ये उनी पनि भएको प्रहरी स्रोतले जानकारी दिँदै सिल भएको क्षेत्र भित्र कोही पनि जान सक्ने छैनन् भने त्यहाँबाट बाहिर पनि आउन नसक्ने बताएको छ । त्यस्तै त्यस क्षेत्रमा रहेका सबैको कोरोना भाइरस भए नभएकोबारे स्वास्थ्य परीक्षणसमेत हुने भएको छ ।

संक्रमित व्यक्ति डिएसपीरोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा अजान गर्न जान्थे । जसका कारण त्यस क्षेत्रका थुप्रै व्यक्तिको सम्पर्कमा उनी आएको हुनसक्ने भन्दै उक्त क्षेत्र सिल गरिएको हो । त्यस्तै धम्बोजीका अर्का एक युवामा पनि कोरोना संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि धम्बोजी चोकस्थित मस्जिदमा बस्दै आएका थिए । उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ।

Womui
Womui