३१ गतेसम्म बन्द लम्बियोः तेजमान चौधरी

25

छिनछिन खबर
दाङ, भदौ १६

साउन २७ गतेबाट अनिश्चितकालीन रुपमा तराईका २२ जिल्ला  थरुहट/थारुवान  र मधेसी समुदायले  बन्द गर्दै आएकोमा अब भदौ ३१ गतेसम्म बन्द लम्बिने भएको छ ।२१ दिनदेखिको बन्द बुधबारदेखि थप लम्बिने थारु नेताहरुले बताएका हुन्।   थारु बाहुल्य दाङलगायत २२ जिल्लाको जनजीवन प्रभावित बन्दै आएकोमा बन्द झनै लम्विदा थप समस्या हुने देखिएको छ। थारू कल्यानकारिणी सभाका जिल्ला अध्यक्ष एवं संयुक्त आन्दोलन संयोजन समिति दाङका संयोजक तेजमान चौधरीले ३१ गतेसम्म वन्द लम्विने बताए। उनले केन्द्रबाट पनि जिल्लाको हकमा आफैं निर्णय गर्नुहोस् भन्ने निर्देशन आएकोले आफूहरूले जिल्लाको हकमा आमहड्ताल नगरी विरोधका कार्यक्रम मात्रै गर्ने सोच बनाएको बताए । दाङमा अन्य जिल्ला जस्तो समस्या नदेखिएको भएपनि जिल्ला परिचालित सेना व्यारेकमा फिर्ता हुनुपर्ने र शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने गरी प्रशासनसँग छलफल भइरहेको बताए।

Womui
Womui