नरैनापुरस्थित धार्मिक संस्था र क्वारेन्टाइनबाट ५६ स्वाब संकलन (भिडियोसहित)

114

बाँके (नरैनापुर), वैशाख १९–

नरैनापुरस्थित धार्मिक संस्थामा रहेका व्यक्तिको स्वाब संकलनका लागि तयारी गरिँदै ।

बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार ५६ जनाको स्वाब संकलन गरिएको छ । त्यहाँ रहेका मस्जिद र मदरसाका ३१ जना मौलाना, मन्दिरका ७ जना पुजारी तथा क्वारेन्टाइनमा रहेका १५ जना, क्वारेन्टाइनका २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । संकलित स्वाब परीक्षणका लागि भेरी अस्पताल पठाइएको शाहले जानकारी दिए ।

मुस्लिम आयोगद्वारा गठित जिल्ला स्तरीय अनुगमन समितिको नेतृत्वमा गएको स्वास्थ्यकर्मीसहितको टोलीले कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको हो । केही दिन अघि जिल्लाका विभिन्न धार्मिक संस्थाहरुमा बस्ने व्यक्तिको स्वाब संकलन गर्ने निर्णय अनुसार शुक्रबार नरैनापुरबाट स्वाब लिइएको अनुगमनमा सहजीकरण गर्ने जिम्मेवारी पाएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिए । अनुगमन समिति संयोजक संविधानसभा सदस्य एवम् मुस्लिम अगुवा अब्दुल हमिद सिद्दिकी(भोला)को नेतृत्वमा गएको टोलीमा गाउँपालिका अध्यक्ष शाह, समितिका प्रवक्ता मानव अधिकारकर्मी आलम खान, समिति सदस्य मेराज हल्वाई, वडा नम्बर ४ का समाजसेवी मोहम्मद सलिम मुसलमानलगायतको उपस्थिति थियो ।

Womui
Womui