घरमा दीप प्रज्वलन गर्न ट्रेड युनियन कांग्रेसको आब्हान

35

नेपालगन्ज, बैशाख १९-
श्रमिक दिवसका अवसरमा ट्रेड युनियन कांग्रेस बाँकेले शुक्रबार(आज) घर घरमा दीप प्रज्वलन गर्न आब्हान गरेको छ । ट्रेड युनियन कांग्रेससँग आवद्ध रहेका विभिन्न पेशागत संगठनमा आवद्ध सदस्यलाई बेलुकी ७ बजे आ–आफ्नो घरमा दीप प्रज्वलन गर्न आब्हान गरेको हो । कोरोना भाइरसको महामारीका कारण विश्वभर अहिलेसम्म २ लाख ३३ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका ब्यक्तिको चिर शान्तिको कामना तथा संक्रमित ब्यक्तिको शिघ्र स्वास्थ्य लाभको कामनासहित दीप प्रज्वलन गर्न लागिएको ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बिकले जानकारी दिए । ‘अहिले कोरोना भाइरसको महामारी र लकडाउनका कारण कोहीपनि घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन, यस्तो अवस्थामा ट्रेड युनियन कांग्रेससँग आवद्ध पेशागत संगठनमा आवद्ध साथीहरुलाई आ–आफ्नो घरमा आज बेलुकी ७ बजे दीप प्रज्वलन गर्न आब्हान गरेका छौं, अरु जो कोहीले पनि आफ्नो घरमा दीप प्रज्वलन गर्न सक्नु हुन्छ,’ उनले भने ।

Womui
Womui