बाँकेमा पनि भेटियो कोरोना

41

छिनछिन खबर
नेपालगन्ज, वैशाख १९–

बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । नेपालग्जको एक मस्जिदबाट लिइएको ११ जनामध्येको स्वावमा ६० वर्षीय एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका एक २५ वर्षीय पुरुपमा पनि कोरोना भाइरसको पुष्टि भएको छ ।

नेपालगन्जमा देखिएका कोरोना संक्रमितको बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको कोरोना विषेश आइसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको छ । नेपालगञ्जमा कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रशासनले यहाँका मस्जिदमा निगरानी बढाएको छ । प्रहरी श्रोतका अनुसार नेपालगन्जका मस्जिदमा उच्च निगरानी बढाइएको छ भने बाँकेका सबै धार्मिक स्थलमा बस्ने धर्मगुरु तथा उनका सहयोगीको पनि कोरोना परीक्षण सुरु गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन् । बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui