आमरण अनशनरत डा. केसीको माग सम्वोधनमा ढिलाई

47

छिनछिन खबर
काठमाडौं, भदौ १६
छैटौंपटक आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको माग सम्वोधन गर्न सरकारले ढिलाई गरेको छ । चिकित्सा शिक्षाको विकृतिविरुद्ध अनसनमा बसेका उनको स्वास्थ्य अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ ।0

आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी ।
आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी ।

नर्मल स्लाइनबाहेक औषधी र पानीसमेत नखाएका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । नवांै दिनमा आइपुग्दा निरन्तर छाती, मासंपेशी र टाउको दुख्ने र श्वासप्रश्वास समस्या उत्पन्न भएको छ । डा. केसीको स्वास्थ्यलाई नजिकबाट जाँच गरिरहेकी वरिष्ठ फिजिसियन डा. दिव्यसिंह शाहले पछिल्लो पटक रगतको मात्रा पनि निकै घट्न थालेको बताएकी छन् । उनका अनुसार डब्लुबिसीको मात्रा सामान्य अवस्थामा पनि ४ हजारभन्दा बढी हुनुपर्नेमा ३ हजार ३ सयमा झरिसकेको छ । खानेकुरामा पाइने यस्ता लवणको कमीले गर्दा सबै मासंपेशीले काम गर्न कठिन हुने डा. शाहले जानकारी दिईन् । चिकित्सकहरुले अनशनस्थल आइसियु र भेन्टिलेटर उपलब्ध स्थानभन्दा निकै टाढा भएकाले पनि त्रास थपिएको बताए ।

Womui
Womui