रोल्पामा बेवारिसे बम विष्फोट हुँदा चारको मृत्यु

68

रोल्पा, वैशाख १८–
बेवारिसे बम जंगलमा विष्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ । माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा उनीहरुको ज्यान गएको हो ।

बमलाई खेलौना ठानेर खेलाउन खोज्दा जिल्लास्थित त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ११ वर्षीया छोरी विमला खत्री र ५ वर्षीय छोरा विजय खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

Womui
Womui