६७ वर्षीय ऋषि कपुरको निधन, चंदनवाडीमा अन्तिम संस्कार

91

एजेन्सी (मुम्बई), वैशाख १८–

बलिउडका प्रसिद्ध अभिनेता ऋषि कपूरको अन्तिम संस्कार मुंबईस्थित चंदनवाड़ी  श्मशान घाटमा गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लकडाउनका कारण अभिनेता ऋषिकपुरको अन्तिम शव यात्रामा परिवारका केही व्यक्तिमात्र सामिल भएका थिए । मुंबई पुलिसले अभिनेता ऋषि कपुरको पार्थिव शरीर घर नलगेर सिँधै चंदनवाड़ी  शमशान घाट लैजाने आग्रह गरेपछि त्यही लगेर साँझ ४ बजे अन्तिम संस्कार गरिएको हो । अन्तिम संकार अगाडि उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर अस्पतालबाट चन्दनवाडी पुर्‍याइएको थियो । उनको अन्तिम संकारमा २४ जनामात्र उपस्थित थिए ।

अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा हुन् । उनको चलचित्र करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो। त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए।

भारतीय फिल्म उद्योगका अर्का अभिनेता इरफान खानको निधन भएको थियो।

Womui
Womui