बाँकेमा बिहान १० बजेपछि बाहिर निस्के कानुनी कारबाही गरिने

181

नेपालगन्ज, वैशाख १८–
बाँके जिल्लामा अत्यावश्यक कामबाहेक १० बजेपछि अनावश्यक हिँड्डुल गरे कानुनी कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाइ गर्दै शुक्रबारदेखि लागू हुने गरी बिहान १० बजेदेखि औषधि पसलबाहेक अन्य सबै पसल बन्द गर्न निर्देशन दिएको छ । लकडाउन उल्लंघनका घटनामा वृद्धि हुन थालेपछि प्रशासन कार्यालयले औषधिबाहेकका सबै पसल बन्द गर्न सूचना निकाल्दै निर्देशन दिएको हो । लकडाउन उल्लंघन गरे कानुन बमोजिम कारबही प्रक्रिया अघि बढाइने बिहीबार जारी सूचनामा उल्लेख छ ।

Womui
Womui