नगरिकता नपाएपछि दबाबका लागि आयोगमा उजुरी दर्ता

143


छिनछिन खबर
नेपालगन्ज, वैशाख १८–

बन्दाबन्दी तथा लकडाउनको समयमा मानवअधिकार आयोग नेपालगन्ज कार्यालयमा उजुरी दर्ताको कार्य भइरहेको छ । कार्यालयमा एकै दिन १६ जनाको उजुरी दर्ता भएका छन् । उच्च अदालत नेपालगन्ज इजलाशबाट विभिन्न मितिमा आमाको नामबाट नागरिकता पाउने भनि आदेश भएको थियो ।
सो आदेशनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता दिन आलटाल गर्दै आएको छ । नागरिकता बिना हामी जीवित लाश हौं भन्ने कुरा नागरिकताविहीन पीडित नेपालगन्जका कालादेव बस्कोरले दुखेसो पोखे । पीडित बस्कोरले दाई र दिदीलाई कानुन बमोजिम नागरिक दिन अदालतले आदेश गरेपनि प्रशासनले आदेशको अपहेलना गरेको छ ।
अदालतको आदेशलाई लिएर दैनिक प्रशासनमा धाउँदा धाउँदै दाईको निधन भइसकेको छ । नागरिकताको अभावमा सरकारी सुविधाबाट बञ्चित हनुपरेको छ । अदालतको आदेश कार्यान्यवनका लागि आवश्यक पहल गर्न बस्खोरसहित रुचि मिश्रा, मो.मतिन खांलगायतका व्यक्तिले सूचना र मानवअधिकार अनुसन्धान केन्द्रसँग अनुरोध गरेका छन् । अनुरोध गरिएपछि संस्थाका अध्यक्ष विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भटटको नेतृत्वको टोलीले दबाब राष्टि्रय मानवअधिकार आयोगको कार्यालयमा १६ जनाको उजुरी दर्ता गराएको छ ।

Womui
Womui