नियमविपरीत ढुवानी गरेको भन्दै स्थानीयले रोके ११ टिप्पर

458

छिनछिन खबर
बाँके (राप्तीसोनारी), वैशाख १८–

लकडाउनको मौका छोपी ढुवानी गर्दै आएको ११ वटा टिप्परलाई स्थानीयले शम्शेरगन्जमा रोकेका छन् । नियम विपरीत ढुंगा, गिट्टी, बालुवा ढुवानी गरेको भन्दै स्थानीयले उक्त टिप्पर रोकेको बताएका छन् ।

लकडाउनको बेलामा खेतीपाती गर्ने किसानको काम समेत बन्द भएको अवस्थामा यसरी रातदिन टिप्परले ढुंगा, गिट्टी, बालुवालगायतका सामग्री ओसारपसार गरेकाले स्थानीयले गुनासो गर्दै बीच सडकमा मुढा ढालेर सडक अवरुद्ध  गरेका हुन् । कोहलपुर नगरपालिकाले नियम विपरीत भाग्यलक्ष्मी एग्रिगेट प्रालिलाई ढुवानी अनुमति दिएको भन्दै नन्दलाल खत्रीले भने,‘लकडाउनले गर्दा हामीले काम गर्न नपाएर भोकभोकै मर्ने अवस्थामा पुगेका छौं भने टिप्परहरुले शमशेरगन्ज, बेलभार, र पेपरानीबाट धमाधम ढुंगा, गिट्टी, बालुवा ढुवानी गरिरहेका छन् ।’

कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यद्वारा हस्ताक्षरित अनुमति पत्रमा कोहलपुर नगरपालिकाको कार्यालयबाट संचालन भएका योजनाहरु संचालनको लागि निर्माण व्यवसायी तथा उपभोक्ता समितिको निर्माण सम्बन्धी सवारी साधन चलाउनु पर्ने भएकोले वैशाख १६ गतेदेखि १८ गतेसम्म सवारी पास अनुमति दिएको व्यहोरा उल्लेख छ ।

Womui
Womui