नेता शर्माको पहलमा लकडाउनमै रगत संकलन

69


छिनछिन खबर
काठमाडौं, वैशाख १८

नेपाल कम्युनिष्ट पार्टीका नेता अनिल शर्माको पहलमा काठमाडौंको मध्यबानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपामा क्षेत्रीय इन्चार्जसमेत रहेका शर्माको सक्रिय पहलमा आयोजना गरिएको कार्यक्रममा ८२ पिन्ट रगत संकलन भएको छ ।

कोरोना भाइरस (कोभिड–१९ ) को त्रासका कारण रक्तदाताले रगत संकलन नगर्दा यतिखेर रगतको अभाव भइरहेको छ । जसले गर्दा रगतको अत्यावश्य परेका बिरामीलाई समस्या भइरहेको छ ।

शर्माले बिरामीलाई रगतको अभाव नहोस् भनेर रक्त संकलन कार्यक्रमको पहलकदमी लिएको बताए । रगत संकलन कार्यक्रममा भौतिक दुरी कायम गरिएको थियो । शर्मा गएको सघीय निर्वाचनमा सोही क्षेत्रबाट (काठमाडौं–१ ) प्रतिस्पर्धा गरेका थिए ।

Womui
Womui