राप्तीसोनारी ५ मा दोस्रो चरणको राहत वितरण

73

छिनछिन खबर
बाँके (राप्तीसोनारी), वैशाख १७–


सरकारले गरेको लकडाउनका कारण जनजीवन कष्टकर भइरहेको बेला लकडाउनबाट प्रभावित जनतालाई स्थानीय पालिकाले सुरु गरेको पहिलो राहत वितरणको कार्यक्रम अझै पनि केही स्थानीय तहमा सम्पन्न हुन सकेको छैन् । त्यसका बाबजुद राप्तीसोनारी गाउँपालिकाले भने दोस्रो चरणको राहत वितरण सुरु गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ कार्यालयले दोस्रो चरणको राहत वितरण सुरु गरेको हो ।

वडा भित्र रहेका विपन्न , ज्याला मजदुरी तथा असाहयक घरपरिवारलाई दा्सा्रे चरण राहत वितरण सुरु गरीएको वडाध्यक्ष झगरु थारुले जानकारी दिए । वडाभित्र रहेका दैनिक ज्याला मजदुरी , विपन्न घरपरिवारको लागत संकलन गरी एकद्धार प्रणालीबाट राहत वितरण गरिएको थारुले बताए । यसअघि गाउँपालिकाले उपलब्ध गराएको पहिलो चरणको राहत वितरण गरिसकेकाले दोस्रो चरणको राहत वितरण सुरु गरिएको वडा अध्क्षय थारुले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणसँगै सरकारले लागु गरिएको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी ,विपन्न र असाहय घरपरिवारलाई जनप्रतिनिधिको सक्रिय सहभागितामा वडाबासीका घरघरमा गएर राहत वितरण गरिएको अध्क्षय थारुले बताए । यसअघि ५ नं. वडा कार्यालयले पहिलो चरणमा वडाका अतिविपन्न दैनिक ज्याला मजदुरी , विपन्न र असाहय १ सय ७७ घरपरिवारलाई राहत वितरण गरिएको सचिव नारायण विष्टले बताए । त्यस्तै वडा नंं. ५ का १ हजार ७ सय ९२ घरपरिवारलाई १ लिटर तेल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको छ ।

Womui
Womui