जनमुखी सामुदायिक वनद्वारा उपभोक्तालाई राहत

14

छिनछिन खबर
बाँके (राप्तीसोनारी), वैशाख १७–

उपभोक्तालाई राहत वितरण गरिँदै ।


राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ माथेबासमा रहेको जनमुखी सामुदायिक वन उपभोक्ता समूहले राहत वितरण गरेको छ । सरकारले गरेको लकडाउनका कारण आर्थिक रुपले सक्षम परिवार पनि बाहिर निस्कन नपाएको हुँदा जनमुखी सामुदायिक वनले उपभोक्तालाई राहत वितरण गरेको समूहका अध्यक्ष टोपबहादुर खत्रीले जानकारी दिइन् । सामुदायिका वनले समूहको क्षेत्रभित्र रहेका क देखि घ वर्गका १ सय ७० उपभोक्ता घरपरिवारलाई राहत वितरण गरेको छ । सामाजिक दूरी कायम गरी २५ किलो चामल , १ लिटर तेल, २ किलो दाल ,१ किलो नुन, एउटा साबुन वितरण गरेको अध्यक्ष खत्रीले बताए । सरकारले गरेको लामो समयसम्म लकडाउनका कारण प्रभावित भएका उपभोक्ताहरुलाई सामुदायिक वनले राहत उपलब्ध गराउँदा सह्रानीय काम गरेको उपभोक्ता बताउँछन् ।

Womui
Womui