नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

40

छिनछिन खबर
काठमाडौं, वैशाख १६–


कोरोना संक्रमितको संख्या नेपालमा ५४ पुगेको छ । मंगलबार रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ५४ पुगेको हो । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टि गरेको छ । उनीहरु दुवैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Womui
Womui