ऋणीलाई २ प्रतिशत ब्याजमा छुट दिन निर्देशन

62

छिनछिन खबर
काठमाडौं, वैशाख १६ –


कोरोनाले प्रभावित व्यवसायीलाई २ प्रतिशत छुट ब्याजमा छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई मंगलबार परिपत्र जारी गर्दै कोरोना प्रभावित व्यवसायीलाई ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । यो सहुलियत कोरोनाबाट प्रभावित क्षेत्रले मात्र पाउने छन् भने खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योगले भने यो सुविधा पाउने छैनन् । त्यस्तै मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले समेत यो सुविधाबाट वञ्चित हुनेछन् ।

होटल, रेष्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ । कोरोना प्रभावित क्षेत्रहरुका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थाहरुले भने ३ प्रतिशत ब्याज छुट दिनु पर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्तहरुलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको हो । होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरुको हकमा भने २ प्रतिशतमात्रै छुट दिन राष्ट्र बैंकले भनेको छ । बैंक तथा वित्तीय संस्थाहरुले वैशाख र जेठमा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताहरुको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउनु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । यस अवधिमा तिर्नु पर्ने कर्जा असार मसान्तमा तिर्दा थप शुल्क वा हर्जना नलिन समेत राष्ट्र बैंकले निर्देशन दिएको हो ।

Womui
Womui