गौहत्या गर्ने दुई पक्राउ

76

छिनछिन खबर
नेपालगन्ज, वैशाख १६–

प्रतीकात्मक तस्बिर ।

गौहत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले हिरासतमा लिएको छ । बाँकेको नरैनापुर गाउँपालिका ६ नम्बर वडामा गाई काटिरहेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । गाई काट्ने कार्यमा संलग्न अन्य फरार भएको इलाका प्रहरी कार्यालय भगवानपुरका नायब निरीक्षक मुकुन्द सिग्देलले जानकारी दिए । मंगलबार बिहान करिब ९ बजेतिर चलेको गौहत्या प्रकरणमा बरामद मासु परीक्षणका लागि नेपालगन्जस्थित विधि विज्ञान प्रयोगशाला पठाइएको छ भने घटनामा संलग्नको खोजी कार्य भइरहेको नायब निरीक्षक सिग्देलले जानकारी दिए ।

Womui
Womui