पालिकाको अनुगमन गर्दै जिल्ला समन्वय समिति

72

छिनछिन खबर
नेपालगन्ज, वैशाख –१५

जिल्ला समन्वय समित बाँकेले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको लकडाउनपछिको अवस्थाबारे जानकारी लिन पालिकाको अनुगमन सुरु गरेको छ । लकडाउन अवधिभरमा निर्माण भएका क्वारेन्टाइनको अवस्था, राहत वितरणको अवस्था र विभिन्न अस्पतालमा स्थापना गरिएका कोरोना आइसुलेसन वार्डको अवस्थाबारे बुझ्ने उद्देश्यले अनुगमन सुरु गरेको हो । अनुगमनबाट प्राप्त तथ्यांक जिल्ला समन्वय समितिले प्रेदश तथा केन्द्र सरकारलाई पठाउने छ ।

यसैबीच सोमबार जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव नेतृत्वको टोलीले कोहलपुर नगरपालिकाको अवस्थाको बारेमा स्थलगत अवलोकन गरेको छ भने नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तिसोनारी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाका केही वडाहरुमा अनुगमन गरी सकेको छ ।

Womui
Womui