भाटभटेनीलाई ३ लाख रुपैयाँ जरिवाना

52

छिनछिन खबर
काठमाडौं, वैशाख १५–

उपभोग्य वस्तुमा तोकिएको मूल्य भन्दा बढी रुपैयाँ भाटभटेनी सुपरमार्केटले उपभोक्तासँग लिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना तिराएको छ । बजार अनुगमनका क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भाटभटेनी सुपरमार्केटले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको फेला पारेको थियो।

लकडाउनको समयमा कृतिम अभाव देखाउँदै बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमनलाई तीव्रता दिएको छ ।

Womui
Womui