एक सय मंगन्ता समुदायका परिवारलाई राहत वितरण

177

छिनछिन खबर
बाँके (डुडुवा) वैशाख १३–

राहत वितरण गर्दै डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानाे । फाइल तस्बिर


बाँके डुडुवा गाउँपालिकाले विभिन्न वडामा राहत वितरणको कार्य जारी राखेको छ । गाउँपालिकाले वडा नं. ६ हिरिमिनियास्थित माहुत (मंगन्ता) समुदायका एक सय विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
सहकर्मी समाज बाँकेले उपलब्ध गराएको एक सय परिवारका लागि खाद्यान्न सामग्री गाउँपालिकाले वडा कार्यालयमार्फत् शनिबार वितरण गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार उक्त टोलका नागरिकहरुको दैनिक गुजारा मागेर र मजदुरी गरेर चल्ने गरेको थियो र यो लकडाउनमा उनीहरु बढी प्रभावित भएपछि राहत प्याकेज वितरण सुरु गरिएको हो ।
एक परिवारलाई १५ किलो चामल, २ किलो दाल, १ किलो नुन, र १ लिटर खाने तेलसहितको प्याकेज वितरण प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनका अनुसार गाउँपालिकाको वडा नंं. १, २, ४ र ५ मा पनि राहत वितरणको कार्य भइरहेको छ । अहिलेसम्म करिब ७५० घर परिवारलाई राहत वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ ।
लकडाउनका कारण प्रभावित दैनिक ज्याला गर्ने मजदुर, श्रमिक र विपन्न समुदायका नागरिकलाई भोकै हुन नदिन वडाबाट संकलन भई आएका तथ्यांकका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण भइरहेको छ ।

Womui
Womui