चित्तल गाउँ पसेपछि……

137

छिनछिन खबर
बाँके (राप्तीसोनारी), वैशाख १३–

गाउँपसेको चित्तललाई बाँके राष्ट्रिय निकुन्ज लैजाँदै जिल्ला वन कार्यालयका पदाधिकारीलगायत । तस्बिरः खड्क खत्री

देसमा जारी लकडाउनका कारण मानिसको चहलपहल कम छ । यस्तो अवस्थामा भने जंगली जनावर निर्धुक्क गाउँवस्तीमा आवतजावत गर्ने क्रम बढेको छ । राप्तीसोनारी वडा नम्बर ७ मा यस्तै निर्फिक्री तवरले घुम्दै घुम्दै चित्तल गाउँ पसेपछि स्थानीय आश्चर्यचकित भए । अन्य अवस्थामा खोजेर पनि नपाइने चित्तल यसरी आँखै अगाडि देख्दा उनीहरु आश्चर्यमा परेका हुन् ।

स्थानीयले समातेर राखेको चित्तल ।

राप्तीसोनारी ७ मा अवस्थित भगवती सामुदायिक वनबाट घुमफिर गर्दै आएको चित्तललाई स्थानीयले समातेर वडाअध्यक्ष रामलखन थारुलाई खबर गरेका थिए । वडाध्यक्ष थारुले उक्त चित्तलको बच्चालाई सामुदायिक वन समितिका पदाधिकारीलाई खबर गरेर जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको छ । जिल्ला वन कार्यालयले भने बाँके राष्ट्रिय निकुन्जलाई चित्तल जिम्मा लगाउने छ ।

चित्तललाई स्थानीयले समातेर पनि नमारेकोमा उनीहरुको प्रशंसा गरेका छन् ।  ‘मानिसको आवतजावत कम छ । पूरै गाउँ शून्य छ,’ वडाध्यक्ष रामलखन थारुले भने,‘यस्तो अवस्थामा जंगली जनावर गाउँ पस्न सक्छन् । त्यस्तो अवस्थामा बाँके राष्ट्रिय निकुन्जको नियमलाई पालना गरेर गाउँलेले प्रशंसायोग्य काम गरेका छन् ।’

Womui
Womui