कोरोना भाइरस संक्रमण रोकथाममा बी.गु्रपको ऐक्यवद्धता

38

नेपालगन्ज, बैशाख १२-
भेरी वातावरणीय विशिष्टता समूह (बी गु्रप) बाँकेले कोरोना भाइरस रोकथामका लागि बाँके र बर्दियाका १३ वटा स्थानीय तहलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त संस्थाले हाल आफुले काम गरिरहेको नगरपालिका र गाउँपालिका गरी १३ वटा पालिका र अन्य निकायलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

बी गु्रप बाँके र ए.डब्लु.ओ. इन्टरनेशनलको सहकार्यमा राप्तीसोनारी गाउँपालिकामा सचेतनाका लागि रेडियो सन्देश, फ्लेक्स ब्यानर, सर्जिकल पन्जा, हात धुनका लागी पानी ट्यांकी र साबुन, सानिटाइजर, क्वारेन्टाइनका लागि बेड, गन थर्मोमिटर, पिपिई र मास्क जस्ता स्वास्थ सामाग्रीहरु गरि करिव १० लाख पचास हजार बराबरको सहयोग गरिएको छ, भने बी गु्रप बाँकेमा कार्यरत सम्पुर्ण कर्मचारी र वर्तमान कार्यसमितिका ब्यक्तिबाट संकलित रकमबाट बाँकेका अन्य ७ वटा स्थानीय तह तथा बर्दियास्थित राजापुर, मधुवन, गुलरिया, बारबर्दिया र बढैयाताल गरि ५ वटा स्थानीय तहमा प्रति पालिका दश हजारका दरले सहयोग गरिएको बी गु्रपका प्रकाश शर्माले जानकारी दिए ।

यस्तै बाँकेको आकस्मिक सञ्चालन केन्द्र (डिइओसी) बाँकेलाई एउटा गन थर्मोमिटर र गैर सरकारी संस्था महासंघ नेपाललाई पाँच हजार सहयोग गरिएको उनले बताए । उक्त सहयोग बाँकेका स्थानीय तहमा संस्थाका प्रतिनिधीको उपस्थितीमा र बर्दियामा बैक खातामार्फत सहयोग जम्मा गरिएको हो । ‘हाम्रो नेपाली मन एक हुन सके कोरोना भाइरसको संक्रमण घटाउन सहयोग पुग्न सक्ने सन्देश दिन यो सहयोग अभियान हाम्रो एउटा राम्रो उदाहरण हो,’ शर्माले भने ।

Womui
Womui