नेपालगन्जका दुई क्वारेन्टाइनमा बसेका सबैलाई घर पठाइयो

126

नेपालगन्ज, बैशाख १२-
नेपालगन्जको दुई वटा क्वारेन्टाइनमा बस्दै आएका एक सय ९२ जनालाई शुक्रबार घर पठाइएको छ । को जैसपुरस्थित नेपाल–भारत सिमा दशगजा छेउमै निर्माण गरिएको क्वारेन्टाइनमा बसेका १ सय ८१ र महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका ११ जनालाई घर पठाइएको हो । भारतका विभिन्न ठाउँबाट फर्केर आएका नेपाली नागरिकलाई गत चैत २० गते दशगजा छेउमा रहेको क्वारेन्टाइनमा र भारतबाटै फर्केर आएका महिला, बालबालिका तथा अशक्तलाई त्यसको चैत १८ गते महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको थियो ।

सुरुमा उनीहरुलाई क्वारेन्टाइनमा १४ दिन राखेर घर पठाउने बताएपनि सरकारले ठोस निर्णय गर्न नसक्दा शुक्रबार मात्र घर फर्किन पाएका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुबै क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई आ–आफ्नो जिल्ला पठाइएको बताए । उनीहरु घरमा फर्किन पाएपनि जिल्लामा रहेको क्वारेन्टाइनमा थप १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने उनले सुनाए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले दशगजा छेउमा बसेका १ सय ८१ र महेन्द्र बहुमुखी क्याम्पसमा बसेका ११ गरी कुल १ सय ९२ जनालाई सकुसल बिदाइ गरिएको बताइन् । ‘यो अवधिभर खाना, बसाई, स्वास्थ्य, सुरक्षा, सरसफाई लगायतको विषयमा तन, मन र धनबाट सहयोग गर्ने आदरणीय जनप्रतिनिधी, राजनीतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी, सहयोगदाता, कर्मचारी र सम्पुर्णमा नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद छ,’ उपमेयर थापाले फेसबुकमा भनेकी छन् ।

Womui
Womui