१ सय घरपरिवारलाई हिमालयन बैंकले दियो खाद्य सामग्री

127
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई सहयोग सामग्री हस्तान्तरण गर्दै हिमालयन बैंक लिमिटेड शम्सेरगन्ज शाखाका प्रबन्धक भरत भुसाल ।

बाँके (राप्तीसोनारी), वैशाख १२–
हिमालयन बैक लिमिटेड शम्सेरगन्ज शाखाले राप्तीसोनारी गाउँपालिकालाई खाद्यान्न सामग्री उपलब्ध गराएको छ । गाउँपालिका विपन्न परिवार, दैनिक ज्यालामा काम गर्ने मजदुर परिवारका लागि शुक्रबार उक्त राहत सामग्री गाउँपालिकालाई उपलब्ध गराएको हो ।

शाखाले राप्तीसोनारी गाउँपालिकामा रहेका १ सय घरपरिवारलाई १५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, २ किलो नुन, सोयाबिन १ किलो र साबुन २ वटाका दरले राप्तीसोनारी गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामग्री शम्सेरगन्ज शाखा प्रबन्धक भरत भुसालले गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले यस्तो महाविपदको बेलामा बैंकले विपन्न परिवारहरुलाई गरेको सहयोग गरेको उदाहरणीय भएको बताए ।

Womui
Womui