विवादास्पद दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

48


छिनछिन खबर
काठमाडौं
–सरकारले विवादास्पद राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

ती दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएको थियो । चर्को आलोचनापछि सरकार बाध्य भएर ती अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

Womui
Womui