छिमेकी मुलुकको अवस्था हेरेर लकडाउन खुल्नेः खतिवडा

153

छिनछिन खबर
काठमाडौं, वैशाख ११
नेपालमा जारी लकडाउन छिमेकी मुलुकमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर लकडाउनका विषयमा निर्णय गर्ने भएको छ । कोरोनाले भाइरसले विश्वव्यापीरुपमा महामारीको रुप लिइरहेकाले नेपालले मात्रै एकपक्षीय रुपमा रुपमा लकडाउन खोल्ने निर्णय लिन नहुने प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।
प्रवक्ता खतिवडाका अनुसार छिमेकी मुलुकमा भइरहेको कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य परीक्षणको विधि, उपकरण तथा स्वास्थ्यकर्मीैको अवस्था र स्वास्थ्य उपचारको पूर्व तयारीलाई मध्यनजर गरेर मात्रै लकडाउन खुल्ने बताएका छन् । प्रवक्ता खतिवडाका अनुसार जबसम्म कोराना भाइरसबाट जोखिममुक्त छौं भन्ने यकिन हुँदैन तबसम्म लकडाउन खुल्दैन ।
लकडाउन तत्कालै नखुलेपनि असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई काममा आबद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही जनसेवा क्षेत्र खुला गर्ने तयारी सरकारले गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लकडाउन जारी रहे पनि खुला सीमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने नरोकिएकाले कोरोना संक्रमणको जोखिम उच्च रहेको बताए ।

Womui
Womui